दाङमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्।
प्यूठानको ऐरावती गाउँपालिका–२ बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीलाई प्रहरीले २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित पक्राउ गरेको हो।
भालुवाङ – प्यूठान सडक खण्डमा यात्रा गरि रहेकी सार्की दाङको राप्ती गाउँपालिका–१ भालुबाङ पुलचोक नजिकैबाट मंगलबार पक्राउ परेको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
दाङको घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको यात्रुबाहक गाडी चेक जाँचका क्रममा उनी ब्राउन सुगरसहित पक्राउ परेकी थिइन्।
उनले ब्राउन सुगर ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा आधारमा सार्की माथि खानतलासी गर्ने क्रममा भित्रि कपडामा लुकाइ छिपाइ राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डिएसपी शाहले बताएका छन्।
पक्राउ परेकी महिला माथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।