मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहनकुमार मगर पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।
मगरले आइतबार राति ३१ वर्षीया महिलामाथि बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।