रोल्पामा ट्र्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का २९ वर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ३ बागमारामा गएराति साढे ९ बजेतिर लु.प्र ०२–००१ त ८९ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको थियो।
चुनबाङ भित्री सडक खण्ड अन्तर्गत दुई खोलीदेखि बागमारातर्फ जाँदै गरेको उक्त ट्र्याक्टर आफै अनियन्त्रित भई सडकदेखि झन्डै ६ मिटर तल खसेको थियो। त्यसैले च्यापेर चालक सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ट्र्याक्टरमा चालक एक्लै सवार थिए।