कर्तव्य ज्यान मुद्दामा अदालतले २० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्।
कपिलवस्तुको हाल शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकई पासी पक्राउ परेका हुन्।
२३ वर्ष पहिले २०५४ /०५/०२ गते स्थानीय अतावरी कोरीको हत्या गरेको पासीमाथि आरोप थियो।
कोरीको हत्या आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालत कपिलवस्तुले २०५९ असार १७ गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो।
कोरीको हत्या घटना सार्वजनिक भएपछि फरार रहँदै आएका पासी शनिबार पक्राउ परेको कपिलवस्तुको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।
प्रहरीले पासीलाई आइतबार अदालतमा पेश गरेको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए।