नवलपरासीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवलमा नगरपालिका वडा नं. ६ पुलटोल बस्ने विष्णु कँवरका दुई छोराहरूको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले शुक्रबार साँझ पोखरीमा डुबेर १० वर्षीय विप्सन र ८ वर्षीय दिप्सनको मृत्यु भएको जानकारी दिए।
प्रहरीका अनुसार पोखरीमा बालकको शव तैरिरहेको देखेपछि स्थानीयले खबर गरेर घटनास्थलमा जाँदा अर्का बालकको पनि शव फेला परेको थियो।
बालकहरू कसरी पोखरीमा परे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए। बालकहरू स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए।