झापामा बुधबार सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडबाट चारआलीतर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा परी झापा जिल्ला अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाना साथ चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न ट्रक चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–११ बस्ने ठालुप्रसाद एक्तेन र ट्रकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ।