गोरखा जिल्लाको दरौंदी नदीका फाँटहरु चैते धानले हरियाली देखिएका छन्।
चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन्।
छेउमै दरौंदी बगिरहने कारण सिँचाइमा समस्या हुँदैन।
त्यसकारण सो क्षेत्रका किसानहरु धान खेती सँगै तरकारी खेती समेत गर्ने गर्दछन्।
बौद्ध हिमालको काखबाट बहने दरौंदी नदी र सो हरियाली फाँट गोरखानगरपालिका र सिरानचोक गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ।
सो बाटो भएर यात्रा गर्ने जोकोहिलाई पनि अहिले हरिया फाँटले आकर्षण गर्ने गरेको छ।
तस्बिरहरूः









तस्बिर : नेपाल फोटो लाइब्रेरी।