धादिङमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गजुरी गाउँपालिका वडा-५ स्थायी घर भई नीलकण्ठ नगरपालिका-४ बस्ने २० वर्षीय सुमन सुनार पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वैशाख १३ (शनिबार) गते पक्राउ गरिएको हो।
वैशाख १२ गते बिहान साढे ५ बजे नीलकण्ठ नगरपालिका-४ रायोटार प्लटिङको सडक किनारामा ५० वर्षीय सुबा लामा भन्ने सुकबहादुर तामाङ मृत भेटिएका थिए।
उनी रूवीभ्याली गाउँपालिका-४ का हुन्।
घटना शंकास्पद देखिएकाले अनुसन्धान गर्ने क्रममा कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुबास हमालले जानकारी दिए। मृत्युको कारण मादक पदार्थ सेवन हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले सिसिटिभी फुटेजमार्फत पनि अनुसन्धान गरिरहेको छ।
सुनारविरूद्ध जिल्ला अदलात धादिङबाट ज्यान सम्बन्धी कसुरमा वैशाख १४ (आइतबार) ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।