काठमाडौंमा एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ।
बुढानिलकण्ठ नगरपालिका-१ बस्ने बर्दिया मधुवन नगरपालिका-८ घर भएका २५ वर्षीय कृष्ण चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी सोही ठाउँस्थित घरको जग हेम्बरिङ मेसिनले खन्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।