कपिलवस्तुमा करिब ४३ लाख नगदसहित एक जना पक्राउ परेका छन्।
शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलका २२ वर्षीय शिवा पटवा भन्ने आशिक कुमारलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी निरञ्जन भट्टले जानकारी दिए।
उनको डेरामा अवैध नगद रहेको भन्ने प्रहरीले गोप्य सूचना पाएको थियो।
उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले ४२ लाख ९० हजार ४४४ रुपैयाँ बराबरको नगद बरामद गरेको हो।
४२ लाख ६३ हजार ९ सय रुपैयाँ नगद र २६ हजार ५४४ भारतीय रुपैयाँ बरामद भएको हो।
त्यस्तै उनीबाट एउटा रकम गन्ने मेसिन पनि बरामद भएको छ।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।