सर्लाहीमा एक जना महिलाको हत्या भएको छ।
विष्णु गाउँपालिका-३ की ३६ वर्षीया रेनुदेवी पासवानको हत्या भएको हो।
उनीमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार आइतबार बिहान साढे १० बजेतिर रेनुमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको हो।
'घरायसी विवादमा रेनुदेवीका जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरी हत्या गरेको हो,' उनले भने, 'विवादको जड के हो भनेर हामी अनुसन्धान गरिरहेका छौं।'
रेनुको घटनास्थलमा मृत्यु भएको थियो। त्यहीबाट हतियारसहित साहेबलाई नियन्त्रणमा लिएको एसपी सिंहले बताए।