काठमाडौंमा आइतबार दिउँसो आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ।
शिक्षकहरूले प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरीले शिक्षकहरूलाई लक्ष्य गर्दै पानीका फोहरा हानेको थियो।
झडपमा ६१ जना शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्।
‘घाइते शिक्षकहरूको एभरेस्ट, सिभिललगायत अस्पतालमा उपचार भइरहेको छ,’ उनले सेतोपाटीसँग भनिन्।
शिक्षकका आँखा, ढाड, खुट्टालगायतमा चोट लागेको छ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।