नेकपा (एमाले) का सांसद ठाकुर गैरले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव फणिन्द्र पाठकलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा गैरेले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवका नाममा जारी भएको संवेदना सन्देशप्रति आपत्ति जनाएका हुन्।
‘संवाद सचिव फणिन्द्र पाठकको नामबाट राजी भएको वक्तव्यको हेडलाइनमा लेखिएको छ- श्री पाँच महाराजधिराज वीर विक्रम शाह देवबाट बक्सेको शुभकामना सन्देश! यसप्रति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री पाँच महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव भन्ने कहाँ छ? यो लेख्न कसरी सकिन्छ? कसरी सम्भव भयो? यो पाइन्छ कि पाइँदैन? यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राजको उपहास गर्न पाइन्छ कि पाइँदैन?,’ उनले भने।
सांसद गैरेले त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन भन्ने पनि प्रश्न गरे।
उनले ज्ञानेन्द्रको संवाद सचिवको रूपमा नाम रहेका फणिन्द्रराज पाठक र यो संवेदना लेख्नका लागि बक्सने ज्ञानेन्द्र वीर विक्रम शाहलाई नेपालको संविधान र कानुन बमोजिम तत्काल कारबाही गर्न पनि उनले माग गरे।