अण्डा बोकेको बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
भरतपुर-७ प्रेमबस्ती चोकमा गीतानगरबाट भरतपुरतर्फ आइरहेको ना ५ च २६४४ नम्बरको बोलेरोले गाडीले सोही दिशातर्फ आइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा भरतपुर-६ ईन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।
दुबै सवारी साधन र बोलेरो चालक मकवानपुरको मनहरी-६ बस्ने २५ वर्षीय पेमा लामा प्रहरीको नियन्त्रणमा छन्।