चिकित्सकहरूको आन्दोलनका कारण काठमाडौं उपत्यकाका अस्पतालमा आकस्मिकबाहेक सेवा प्रभावित भएको छ। जसले गर्दा बिरामीहरू समस्यामा परेका छन्।
न्यूनतम पारिश्रमकको माग गर्दै चिकित्सकहरूले आन्दोलन गर्दा आकस्मिकबाहेक सेवा बन्द छ। निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूलाई सरकारीसरह तलबभत्ताको माग गर्दै आन्दोलन भइरहेको छ।
नेपाल चिकित्सक संघले बिहीबार नै विज्ञप्ति निकालेर आकस्मिक र सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आग्रह गरेको थियो।
सोहीअनुसार आकस्मिक सेवा मात्रै सञ्चालनमा छ भने अन्य सेवा अवरूद्ध हुँदा बिरामी मर्कामा परेका छन्।
काठमाडौंको वीर अस्पतालमा आएका बिरामीहरू सेवा बन्द हुँदा समस्यामा परे।
तस्बिरहरू:
-1745572286.jpg)
-1745572284.jpg)
-1745572284.jpg)
-1745572283.jpg)
-1745572283.jpg)
-1745572281.jpg)
-1745572281.jpg)
-1745572280.jpg)
-1745572279.jpg)
-1745572279.jpg)
-1745572279.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।