बर्दियामा नुहाउने क्रममा नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।
शुक्रबार बिहान गुलरिया नगरपालिका-५ भादा नदीमा नुहाउनेक्रममा डुबेर बेपत्ता शुवकको गोताखोरले निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
१९ वर्षिय सृजन पोख्रेल बुधबारदेखि बेपत्ता थिए।
नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोर सहितको टोली परिचालन भएको थियो।
उक्त टोलीले पोख्रेलको शव फेला पारेको हो।