संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग; सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा पदाधिकारी तथा सदस्य बन्नका लागि १११ जनाको आवेदन परेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी र सदस्य बन्नका लागि १११ जनाको आवेदन परेको जानकारी दिएको छ।
समितिले आवेदन दिएकाहरुको सूची सार्वजनिक गरेको छ।
आयोगको अध्यक्षका लागि ३० जनाले आवेदन दिएका छन्।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव लिलादेवी गड्तौला, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, प्रतिनिधिसभाका पूर्वसचिव गोपालनाथ योगी, नेपाल बारका पूर्वअध्यक्षहरु शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेले आवेदन परेका छ।
बाँकेका विजयसिंह सिजापति, प्युठानका डिल्लीराज आचार्य, जाजरकोटका अच्युतप्रसाद भण्डारी, झापाका प्राध्यापक डा. विष्णु पाठक, धनुषाका नागेन्द्रलाल कर्ण, झापाकै अग्निप्रसाद थपलिया लगायतले पनि अध्यक्षका लागि आवेदन दिएका छन्।
दुवै आयोगमा अध्यक्ष र सदस्यसहित ५/५ जना पदाधिकारी रहने व्यवस्था छ।
चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुई आयोगको पदाधिकारी सिफारिस समिति गठन गरेको थियो।
त्यसअघि पूर्वप्रधानन्यायाधीश मिश्रकै संयोजकत्वमा गठन भएको समितिले २ महिनामा पदाधिकारी र सदस्य सिफारिस गर्न नसकी भंग भएको थियो।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा माओवादी कोटाबाट डिल्लीराज आचार्यलाई अध्यक्षमा र अरु सदस्यबारे कुरा मिले पनि सत्य निरुपणको अध्यक्षका विषयमा अल्पमत बहुमत हुने अवस्था आएपछि दुवै आयोगमा नाम सिफारिस भएनन्।
सरकारले पुनः सोही समितिलाई निरन्तरता दिएर दुई महिनाभित्र आयोगमा पदाधिकारी सिफारिस गर्न कार्यादेश दिएको छ।सरकारले सिफारिसका लागि फेरि जिम्मेवारी दिएपछि समितिमा पुनः पदाधिकारी सिफारिसका लागि काम थालेको हो।
हेर्नुस् सूचीः