हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
पछिल्लो ६ घन्टामा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाको वेभसाइटले देखाउँछ।
बुधबार दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति कोशी प्रदेश र गण्डकी प्रदेशक पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।