काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुइँटेल हुन्।
उनलाई प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार सोमबार जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।