रूपन्देहीमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दीपककुमार क्षेत्री पक्राउ परेका हुन्।
उनलाई रूपन्देहीबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।
उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।