पाथिभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ।
सोमबार बिहान ५ बजे ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोक नजिकै जिपमाथि बिजुलीको तार झरेको थियो।
करेन्ट लाग्दा चालकसहित ४ जनाको मृत्यु भएको ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विवेक बस्नेतले जानकारी दिए।
मृत्यु हुनेमा चालक दुर्गा भट्टराईको मात्र पहिचान खुलेको छ। अन्य विवरण नखुलेको इन्स्पेक्टर बस्नेतले जानकारी दिए।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
घटनास्थलमा अहिले प्रहरी परिचालन भएको र अन्य विवरण आउन बाँकी रहेको उनले बताए।
*यसअघि बिजुलीको पोल ढलेको उल्लेख भएकोमा सच्याइएको छ।