काठमाडौंको बानेश्वर क्षेत्रमा व्यावसायिक सटरहरू बन्द गरिएका छन्।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणा गरेको थियो। घोषणा गरेर प्रदर्शन सुरू भएसँगै बानेश्वर क्षेत्रका अधिकांस सटरहरू बन्द गरिएका हुन्।
यसअघि राजतन्त्र पुनर्स्थापनाको माग राखेर तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा तोडफोड भएको थियो। निजी घरमा आगजनी र तोडफोड समेत गरेपछि अहिले व्यवसायीहरूले सटर बन्द गरेका हुन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको छ। उनीहरूले सिंहदरबारभित्रै नाराबाजी गरेका थिए।
तस्बिरहरू:
-1745139260.jpeg)
-1745139259.jpeg)
-1745139259.jpeg)
-1745139259.jpeg)
-1745139258.jpeg)
-1745139258.jpeg)
-1745139258.jpeg)
-1745139259.jpeg)
-1745139256.jpeg)
-1745139256.jpeg)
-1745139255.jpeg)
-1745139255.jpeg)
-1745139254.jpeg)
-1745139254.jpeg)
-1745139254.jpeg)
-1745139254.jpeg)