तीन नाबालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सल्लानको कालीमाटी गाउँपालिका – ४ खैरेनीका ५८ वर्षीय इन्द्रबहादुर पुन छन्।
जिल्ला प्रहरी प्रमुख केशर न्यौपानेका अनुसार आफ्नै पसलमा आएका ५,६ र ७ वर्षीया तीन जना नाबालिकालाई चकलेट, बिस्कुट खान दिएर ललाइफकाइ गरी यौन दुरूपयोग गरेको आरोप छ।
यो घटना चैत ९ गतेको थियो । तीन बालिका पसलमा गएको मौका छोपी उनीहरुलाई चकलेट लगायतका खाने कुरा दिएर पालै पालो उनीहरुमाथि यौन दुरूपयोग भएको खुलेको डिएसपी न्यौपानले बताए ।
पीडित बालिकाका अभिभावकले मिलेर प्रहरीमा त्यससम्बन्धी जाहेरी दिएपछि पुन चैत १२ गते पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा आरोपितले घटना स्वीकार गरेको डिएसपी न्यौपानेले बताए। त्यसकै आधारमा प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा हालासालै बुझाएको डिएसपी न्यौपानले बताए।
प्रहरीले आरोपितलाई बलात्कार सम्बन्धी मुद्दा चलाउनका लागि सिफारिस गरेको छ। त्यसपछि लामो समयपछि घटना सार्वजनिक भएको हो।