काठमाडौंको सीतापाइलास्थित इनारमा खसेकी महिलाको उद्धार भएको छ।
मंगलबार बिहान पौने १० बजे नागार्जुन नगरपालिका-४ छकुण्डोल सीतापाइलामा एक जना महिला इनारमा खसेकी थिइन्।
शंकर लोहनीको घरको इनारमा छिमेकी ३१ वर्षीया सोनिया राई खसेको विपद व्यवस्थापन कार्यालय सामाखुसीले जनाएको छ।
उनी मस्तिष्कसम्बन्धी बिरामी समेत रहेको प्रहरीले जनाएको छ।
इनारमा खसेको खबर पाएपछि कार्यालयबाट प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले बिहान ११ बजे उद्धार गरेको हो।