बागलुङमा गाडीको ब्रेक फेल भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
सोमबार मध्याह्न साढे १२ बजे तमानखोला गाउँपालिका-२ कटेरीस्थित भित्री कच्ची सडक खण्डमा ग १ ज ५७०५ नं.को गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए।
बोङ्गादोभानबाट भएर कटेरीतर्फ जाँदै गरेको गाडीको ब्रेक फेल भएर सडकमा पल्टिएको हो।
घाइते ११ जनाको उपचारका लागि बुर्तिबाङ अस्पताल बागलुङमा पठाइएको छ।
गलकोट नगरपालिका-१ बस्ने ३० वर्षीया मुना बिक गम्भीर घाइते छिन्।
अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।