आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरू भएको छ। २०८१ अरू वर्षहरूझैं सामान्य बितेको वर्ष पक्कै हैन, सामाजिक, राजनीतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रूपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ।
२०८१ मा नेपालीजनले सम्झिनुपर्ने, बिर्सिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा चर्चा गरौं।
यो वर्ष देशभरि ठूला घटनाहरूको सामना गर्नुपर्यो। बाढी पहिरोले धेरै स्थानहरू तहसनहस बनिदियो। काठमाडौं उपत्यका साथै देशभरि नै ठूलो जनधनको क्षति भयो। चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थिए भने अहिलेसम्म बस भेटिएको छैन। साउन ९ गते त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयर विमान दुर्घटनामा १८ जनाको मृत्यु भयो। साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याप्रुवेंशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो।
असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो।
-1744612727.jpg)
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भएका थिए।
-1744612730.jpg)
भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते भए र भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से उक्त बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन टिचिङ अस्पतालमा आइपुगेकी थिइन्।
-1744612727.jpg)
यस वर्ष देशलाई विश्वसामु चिनाउन धेरै कुराहरू भए। पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धन बनिन्।
-1744612738.jpg)
कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औं पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे।
-1744612735.jpg)
नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङ्जुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए। कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले बिनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए। उनीहरूले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिनाअक्सिजन आरोहण गरिसकेका थिए।
-1744612736.jpg)
-1744612736.jpg)
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्। उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्।
-1744612737.jpg)
मंसिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिगको आयोजना गरियो, जुन खेल अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा भयो।
यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरूङ ‘ब्रेक थ्रु’ भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो।
-1744612717.jpg)
यही वर्ष नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए भने उनको पदमुक्तलाई लिएर आन्दोलनहरू भए। प्रतिनिधि सभामा कुलमान घिसिङको विषय लिएर प्रतिपक्षले सदन अवरोध गरे र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यले पाए।
-1744612735.jpg)
-1744612731.jpg)
यसै वर्ष देशमा नवनियुक्त नेपाली प्रहरीका ३१ औं प्रमुख दीपक थापालाई नियुक्त गरियो।
-1744612739.jpg)
जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो।
-1744612733.jpg)
कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परे भने उनी अहिले कारागार चलान भएका छन्।
-1744612743.jpg)
तीनकुने घटनाकालाई लिएर मेडिकल व्यवसायी 'मुख्य कमाण्डर' दुर्गा प्रसाईंलाई पक्राउ गरी १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
-1744612728.jpg)
यसै वर्ष कूटनीतिक भ्रमण भए। मंसिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले नेपाल भ्रमण गरे भने वैशाख २३, जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, वैशाख ११ गते कतारका अमिर(राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरे।
-1744615341.jpg)
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीले हनुमानढोका दरबार स्क्वायरको भ्रमण गरे। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
-1744612732.jpg)
नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए भने नेपाली कांग्रेसद्वारा संसद अवरोध धेरै समय रह्यो।
-1744612739.jpg)
-1744612740.jpg)
यसै वर्ष मंसिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भयो।
-1744615295.jpg)
-1744612738.jpg)
-1744612730.jpg)
-1744612728.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी