भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राका क्रममा रथले किचेर आइतबार एक जनाको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-५ भेलुखेल ओरालोमा भैरवको रथ तान्दा पांग्राले किचेर ३६ वर्षीय सुशील तमखुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिए।
उनका अनुसार यो दुर्घटना आइतबार राति सवा ८ बजे भएको थियो। मृत्यु हुने तमखु भक्तपुर नगरपालिका-४ लाकुलाछे घर भई सूर्यविनायक नगरपालिका-८ सिपाडोल इटाबु बस्थे।
नयाँ वर्षको संघारमा मनाइने भक्तपुरको यो जात्रा नौ दिन आठ रातसम्म चल्छ।