काठमाडौंको न्युरोडबाट ९ लाख नगदसहित एक जना युवती पक्राउ परेकी छन्।
आइतबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका-२२ स्थित न्युरोडबाट एक जना युवतीलाई ९ लाख नगदसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका वडा नं. १० वागडाडाकी १९ वर्षीया करिना देवकोटा छिन्।
न्युरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनापछि प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको थियो।
टोलीले देवकोटालाई फेला पारेको थियो। उनले बोकेको झोलाबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।