बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ।
शनिबार साँझ औद्योगिक क्षेत्रभित्रको चप्पल कारखानामा लागेको आगो एक घन्टामै नियन्त्रणमा आएको प्रहरी वृत्त बालाजुले जनाएको छ।
आगो निभाउनका लागि औद्योगिक क्षेत्रकै दमकल र काठमाडौं महानगरपालिका लगायत अन्य नगरपालिकाको दमकल बोलाइएको थियो।
औद्योगिक क्षेत्रमै दमकल रहेको र सुरक्षाकर्मीहरू पनि सूचनालगत्तै परिचालन हुँदा आगो अन्य संरचनामा फैलिन नपाएको हो।
वृत्तका एक प्रहरीका अनुसार बालाजुमा शनिबार बाइसधारा मेला भएका कारण प्रहरी अलर्ट रहेको र आगो निभाउने खटिएका थिए।
आगलागी भएपछि काठमाडौंभित्रका नगरपालिकाहरूबाट दमकल बोलाइएको थियो। त्रिभुवन विमानस्थलबाट पनि दमकल बोलाइएको थियो।
केही दमकलहरू अझै बाटोमै रहेको वृत्तले जनाएको छ।
आगलागी नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन भइरहेको छ।
तस्बिरहरूः
-1744463372.jpg)
-1744463372.jpg)
-1744463370.jpg)
-1744463371.jpg)
-1744463369.jpg)
-1744463370.jpg)
-1744463370.jpg)
-1744463370.jpg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।