चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेका आरोपमा थप एक जना पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेत पक्राउ परेका हुन्।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।
प्रशोधन केन्द्र, पार्किङमा आगजन र निजी सवारी साधनमा आगलागी गरेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।