काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका 'कमाण्डर' दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ।
उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो। त्यहाँबाट जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ। त्यसपछि अदालतमा म्याद थपको लागि लगिने प्रहरीले जनाएको छ।
शुक्रबार बिहान काकडभिट्टाबाट नेपाल प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भद्रपुर विमानस्थलबाट काठमाडौं पठाइएको थियो।
राजसंस्था पुनर्स्थापना गर्न भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोडेपछि धकेलाधकेल भएको थियो।
प्रसाईंले गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेका थिए। प्रहरीले अश्रुग्यास, पानीका फोहरा र गोलीसमेत चलाएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
चैत १५ गते अपराह्नदेखि प्रसाईं फरार थिए। उनले यसबीचमा दुई वटा भिडिओ सन्देश जारी गर्दै आफू नेपालमै रहेको दाबी गरेका थिए।






सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी