कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐंसेलु बेच्ने स्थानीयहरूको बाक्लै भीड लाग्ने गर्दछ।
पाखा, डाँडा र खर्कहरूमा फल्ने ऐंसेलु अहिले सो क्षेत्रका स्थानीयहरूको आम्दानीको स्रोत बनेको छ।
पोखरा बाग्लुङ सडक खण्डमा यात्रा गर्ने प्राय: हरेक यात्रुले यहाँको ऐंसेलु किन्ने गर्दछन्। प्रति सोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐंसेलु टिप्न भने एक बिहानै खर्च गर्नुपर्ने स्थानीय ऐंसेलु व्यापारी रशिका विश्वकर्माले बताइन्।
बिहानै अधेरी खोलातिर जानुपर्छ, टिप्नको लागि पनि गाह्रो नै छ, काँडाले घोच्ने उनले बताइन्।
त्यस्तै ऐंसेलु बेचेरै प्रतिदिन २ हजारसम्म कमाइ हुने स्थानीय अस्मी विश्वकर्माले बताइन्, तर ऐंसेलु वर्षको चैत-वैशाख-जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेती किसनी नै गर्ने गरेको उनले सुनाइन्।
गाउँमा धेरै मात्रामा ऐंसेलु फल्ने भए पनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताए।
पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐंसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि हाम्रोमा त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेका छन्।
ऐंसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ। जस्तो: भारत, पाकिस्तान, चीन। यसलाई ‘गोल्डेन हिमालयन रजबरी’ भनेर चिनिन्छ। कतिपय भेगमा चाहिँ यसलाई ‘रजबरी’ नामले पनि चिनिन्छ।
ऐंसेलु स्वादिलो र रसिलो फल मात्र होइन, यसमा भिटामिन-सि, फिनोल, फ्लेवोनोइड जस्ता सूक्ष्म पोषक तत्व हुन्छ।
ऐंसेलुको जरामा औषधीय गुण हुन्छ। ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐंसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ।
तस्बिरहरू:
-1744351887.jpg)
-1744351887.jpg)
-1744351886.jpg)
-1744351883.jpg)
-1744351884.jpg)
-1744351883.jpg)
-1744351885.jpg)
-1744351883.jpg)
-1744351883.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी।