मकवानपुरमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
बिहीबार बेलुका मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित धरान-चतरा सडकखण्डमा बा.प्र ०३-०४ प ९५२६ नम्बरको स्कुटरले सोही स्थानका ७६ वर्षीय अनिरूद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार वृद्धलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पुर्याइएको थियो।
त्यहाँ उनलाई सामान्य उपचारपश्चात थप उपचारका लागि सिएमसी अस्पताल भरतपुर पठाइएको थियो।
सिएमसीमा उपचार क्रममा राति ११:४० बजे वृद्धको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।
स्कुटर चालक हेटौडा उपमहानगरपालिका-१७ ठुलोगंगटे बस्ने २७ वर्षीय सन्दीप थापा पनि घाइते छन्। उनको कान, दायाँ आँखा र कम्मरको भित्री भागमा चोट लागेको प्रहरीले जनाएको छ।
उनको पनि सिएमिफ चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ। स्कुटर अस्थायी पोस्ट हटियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।