विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणालीबाट गरिनुपर्ने माग राख्दै काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अखिल क्रान्तिकारीले अनसन सुरू गरेको छ।
अखिल क्रान्तिकारीले बुधवारबाट अनिश्चितकालिन रिले अनसन सुरू गरेको हो।
विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत गरिनुपर्ने, छात्रवृत्तिबाट वञ्चित गरिएका फार्मेसी विभागका २ ब्याचलाई छात्रवृत्ति प्रदान गरिनुपर्ने, विश्वविद्यालयको नियम विपरीत गरिएका नियुक्ति खारेज गरिनुपर्ने लगायत माग राखेर क्रान्तिकारी आन्दोलित भएको हो।
विद्यार्थीहरूले बारम्बार आन्दोलन गर्दा पनि प्रशासनले सुनुवाइ नगरेका कारण अनसनमा बस्न बाध्य भएको अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष विशाल गौतमले बताए।