काठमाडौंको शंखमूलमा एक जना पुरूषको शव फेला परेको छ।
बुधबार काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित डेरामा एक जना पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ।
मृतक मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन्।
उनी आफ्नै कोठामा मृत फेला परेका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।