काभ्रेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
बिहीबार बिहान ८:२५ बजे काभ्रेको रोशी गाउँपालिका-९ दाउनेस्थित विपी राजमार्ग सडकमा प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको बस चिप्लिएर सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको हो।
पानी परेपछि चिप्लो भएको सडकमा ब्रेक नलाग्दा उक्त बस माइक्रोलाई ठक्कर दिँदै सडक तल खसेको काभ्रे प्रहरीले जनाएको छ।
बस काठमाडौंबाट रामेछाप जाँदै थियो। बसले खाँदबारीबाट काठमाडौं आउँदै गरेको मे १ ख ३३९४ नम्बरको माइक्रोलाई ठक्कर पनि दिएको थियो।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि मंगलटार पठाइएको प्रहरीले जनाएको छ।
बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।