पूर्वी नवलपरासीस्थित दाउन्नेमा राजमार्ग अवरूद्ध भएको छ।
वर्षाका कारण बिहीबार बिहान ९ बजे त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वर्षापछि सडक हिलो र चिप्लो भएपछि सवारीसाधन आवतजावत गर्न कठिन भएको हो।
सवारीसाधनहरू सडकमै रोकिएसँगै राजमार्ग अवरूद्ध बनेको छ।
प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।
यो पनि: 'दाउन्ने पुगेपछि थाहा हुन्छ सरकार कहाँ छ'