बागलुङको ताराखोला गाउँपालिका-३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्।
सोही वडाको काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान साढे ११ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए।
'उनी आफ्नै घरदेखि ५० मिटर टाढा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएका हुन्,' डिएसपी यादवले भने, 'घटनाबारे अनुसन्धान हुँदैछ।'
अहिले प्रारम्भिक अनुसन्धानका लागि मुचुल्का संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए।