कैलालीमा दम्पती सवार साइकललाई गाडीले ठक्कर दिएको छ।
बुधबार बिहान ५ बजे जानकी गाउँपालिका-५ अमौरामा टीकापुरबाट लम्की जाँदै गरेको सुप. प्र. ०१–००१ ज १५९८ नम्बरको माइक्रोले दम्पती सवार साइकललाई ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट अमौराकी ४४ वर्षीया हरु बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए। टिकापुर अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे उनको मृत्यु भएको हो।
उनका श्रीमान ५५ वर्षीय मानबहादुर बडुवालको उपचार जारी छ । मानबहादुरको पनि दाहिने खुट्टा फ्र्याक्चर भएको बोल्न नसक्ने अवस्थामा रहेको डिएसपी बोहराले बताए।
माइक्रो चालक कैलालीकै भजनी नगरपालिका– ६ का २८ वर्षीय केदार चौधरीसहित गाडी इलाका प्रहरी कार्यालय टिकापुरको नियन्त्रणमा छ।