कैलालीमा एक युवकको हत्या भएको छ।
गोदावरी नगरपालिका –९ स्थित दुर्गा मन्दिरको पछाडि बुधबार बिहान टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी गंगा थापाले हत्या गरेका व्यक्तिको पहिचान नभएको बताए।
हत्या गरिएका व्यक्ति अन्दाजी ३६ वर्षका छन्।
डिएसपी थापाका अनुसार गएराति नै उनको हत्या भएको अनुमान छ।
‘टाउकोमा चोट छ,’ उनले भने, ‘ढुंगा प्रहार गरि हत्या गरिएको देखिन्छ।’
शब पोष्टमर्टमका लागि सेती अस्पतालमा लगिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी थापाले बताए।