काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
भोजपुर अरूण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका– ४ का ३० वर्षीय जित बहादुर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार यो घटनामा दिल कुमार र जित बहादुरसहित हिरासतमा ७५ जना छन्।
उनीहरूमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव गर्न नहुने र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।