प्रहरीले दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईंलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोधपुछका लागि सोमबार राकेशलाई नियन्त्रणमा लिएको एसपी अपिलराज बोहराले बताए।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर म्याद थप भने गरेको छैन।
दुर्गा प्रसाईं भने चैत १५ गतेदेखि फरार छन्।
प्रहरीको विभिन्न निकायले यस घटनामा संलग्नको खोजी गरिरहेको छ। प्रहरीले अहिलेसम्म ६७ जनाविरूद्ध मुद्दा चलाउने गरी अदालतबाट म्याद थप गरेको छ।