राजावादी समर्थकले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सिन्धुपाल्चोक घर भएका कुमार तामाङ पक्राउ परेका हुन्।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो।
आइतबार पक्राउ गरेर सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइदिएको अनुसन्धान कार्यालयको एसपी अंगुर जिसीले जानकारी दिए।
'तामाङले ट्राफिक लाइटसँगै घरमा आगजनीसमेत गरेको देखिएको छ, थप अनसन्धान हुन्छ,' उनले भने।
उनीहरूविरूद्ध थप अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गर्नेछ।