चैत २० गतेदेखि सुरू भएको शिक्षक अन्दोलन आज पनि जारी छ।
प्रदर्शनको लागि हरेक दिन ५ हजारभन्दा बढी शिक्षक काठमाडौंको माइतीघर मण्डलमा भेला भएर बानेश्वर जाने गरेका छन्।
गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने, भोक लाग्ने त भइनैहाल्छ। तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरू पनि फोहोर नगरी एउटा झोलामा थुपार्ने गरेका छन्।
यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाई सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलनमा देख्न सकिन्छ।
आन्दोलनमा आएका शिक्षकलाई मात्र होइन, पत्रकार, सर्वसाधारण, प्रहरी लगायतलाई बोटबिरूवा भएको ठाउँमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सञ्जालमा देख्न सक्छौं।
हजारौंको उपस्थिति हुँदा पनि बोटबिरूवा नमासी, केही फोहोर नगरी आफ्नो प्रदर्शन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सामाजिक सन्जालमार्फत् शिक्षकहरूलाई धन्यवाद समेत भनेका छन्।
-1743935811.jpg)
-1743935810.jpg)
-1743935810.jpg)
-1743935809.jpg)
-1743935798.jpg)
-1743935808.jpg)
-1743935808.jpg)
-1743935799.jpg)
-1743935809.jpg)
-1743935796.jpg)
-1743935796.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी