राैतहटबाट काठमाडाैं आउँदै गरेकाे गाडी दुर्घटनामा परेको छ।
गाडी मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिका-२ बतासेमा दुर्घटना भएको हो। उक्त दुर्घटनामा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार बुधबार दिउँसो ना १ ज ५४८४ नम्बरको जिप भीमफेदी-कुलेखानी-सिस्री काठमाडौं सडक खण्डमा सडकबाट करिब सय मिटर तल खसेको हो।
'ब्रेक फेल भएर जिप सडकबाट तल खसेको भनिएको छ। त्यसमा सवार १० जना नै घाइते भएका छन्,' उनले भने, 'तीन जनाको अवस्था गम्भीर छ।'
उनीहरूलाई उपचारका लागि काठमाडौंमा पठाइएको छ। तीबाहेक ५ जनाको अवस्था सामान्य र एक जना मध्यम घाइते भएको डिएसपी अर्यालले जानकारी दिए।
घाइतेहरूको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।