काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप १८ जना पक्राउ परेका छन्।
राज्य विरूद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा ८ र उपद्रव कसुरमा १० गरी १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
राज्य तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ का ४९ वर्षीय कुमार बस्नेत, सुनसरी इटहरी उपमहानगरपालिका- ६ का ५५ वर्षीय अनिलकुमार थापा, झापा कमल गाउँपालिका-३ का ४६ वर्षीय तारानाथ बोहरा, दमक नगरपालिका-७ का ४३ वर्षीय दानबहादुर न्यौपाने छन्।
त्यस्तै, सोही कसुरमा दमक नगरपालिका-७ का ३८ वर्षीय उमेश तामाङ, ३९ वर्षीय भानुभक्त पौडेल, ललितपुर महानगर-७ का ४० वर्षीय विष्णुजंग बस्नेत र काठमाडौं महानगरपालिका-९ का ४३ वर्षीय देवीप्रसाद संग्रौला पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१३ का ४१ वर्षीय लोकबहादुर बस्नेत, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ का सरिता केसी, झापा बुद्दशान्ती गाउँपालिका-४ का सितादेवी राई, भारत घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने २० वर्षीय रबिरन्जनकुमार सिंह, धनुषा ढल्केवार नगरपालिका-६ का १९ वर्षीय आशिककुमार महतोलाई अपराधिक उपद्रव कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, सर्लाहीका २३ वर्षीय प्रेमकुमार सिंह, सिराहा लहान नगरपालिका-२ का २० वर्षीय राधेश्याम यादव, सप्तरी बलानविहुल गाउँपालिका-२ का १८ वर्षीय वरण यादव, सर्लाही रामनगर गाउँपालिका-२ का १८ वर्षीय गोबिन्द राय र सिन्धुपाल्चोकका २७ वर्षीय दिनेश खड्कालाई पक्राउ गरिएको हो।
उनीलाई मंगलबार जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ।
हेर्नुहोस् सूची: