भारतमा ग्यास सिलिण्डर पड्किएर सात जनाको मृत्यु भएको छ।
भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा एउटा घरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
सुन्दरवनका एसपी कोटेश्वर रावले चार बालबालिका र दुई महिलाको घटनास्थलमै मृत्यु भएको बिबिसीलाई बताएका छन्।
अर्का एक महिला गम्भीर घाइते भएका छन्।
उनलाई उपचारका लागि अस्पताल भर्ना गराइएको र घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।