हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी प्रदेशका भूभागहरुमा मौसम सफा रहने पूर्वानुमान छ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।
सोमबार राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले राति भने वर्षाको सम्भावना देखाएको छैन।