राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल छुटेका छन्।
उनलाई आइतबार हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
'उनी तीनकुनेको घटनमा कतै नदेखिएकाले अहिले हाजिरी जमानीमा छोडिएको हो,' उनले भने।
उनलाई शुक्रबार पक्राउ गरिएको थियो।
उनीसँगै पक्राउ परेका रविन्द्र मिश्रसहित अन्यलाई भने कानुनी प्रक्रिया अगाडि बढाइएको एसपी बोहराले बताए।