काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना प्रहरीले सामानसहित पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ जनालाई पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए।
प्रहरीले ब्ल्याक लेबल, ज्याक ड्यानियल्स लुट्ने धनुषा घर भई कोटेश्वर बस्ने आशिष सिंहलाई पक्राउ गरेको छ।
त्यस्तै चार वटा बियरको बोतल लुटपाट गरेको आरोपमा सर्लाही घर भई कोटेश्वर बस्ने प्रेमकुमार महतोलाई पक्राउ गरेको छ।
भारतीय नागरिक रविरञ्जन कुमार, नुवाकोटकी सुशिला कुमाल, धरानकी एलिसा राई र कोटेश्वरकी बालकुमारी कार्की पक्राउ परेका छन्।
यस्तै फलफूल चोरेको आरोपमा सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरेको हो।
बरालबाट ६९ वटा लिपिस्टिक, एउटा ऐना, २१ वटा गाजल बरामद भएको छ। अन्य १२ वटा सामान पनि प्रहरीले बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बानेश्वरमा पठाएको छ।